राजमार्गमा प्रहरीले राडर गन प्रयोग गरेर ,तिब्र गतीमा हाँक्नेलाई कारबाही शुरु गर्दै |

अन्य

राजमार्गमा प्रहरीले राडर गन प्रयोग गरेर ,तिब्र गतीमा हाँक्नेलाई कारबाही शुरु गर्दै |
भदौं २० दमौली :-पृथ्वी राजमार्गमा तीव्र गतिमा सवारी हाँक्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ । यसअघि सम्म तीव्र गतिमा सवारी चलाउनेलाई सचेतना र सम्झाउने काम भएपनि प्रहरीले भदौ १७ गतेदेखि भने कारवाही गरेको छ। पृथ्वीराजमार्गको मुग्लिङदेखि कोत्रेसम्मको राजमार्गमा प्रहरीले अधिकतम ६० प्रति किलोमिटर गति कायम गरेको छ । तीव्र गतिमा सवारी चलाए÷नचलाएको जाँच गर्न राडर गनको समेत प्रयोग शुरु भइसकेको छ । प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहका उनका अनुसार मोड, घुम्ती तथा बजार क्षेत्रमा समेत आवश्यकताका आधारमा गति सीमा कायम गरिएको छ । प्रहरीले केही दिनबाट राडर गनबाट सवारीको गति नाप्न शुरु गरेको थियो । यसबीचमा ६७७ सवारीको गति नापिएकोमा ४७० भन्दा बढी सवारीले तीव्र गतिमा सवारी हाँकेको पाइएको छ । ‘आइतबारबाट तीव्र गतिमा चलाउनेलाई कारवाही सुरु हुन्छ,’ शाहले भने । शाहका अनुसार यसबीचमा राडर गनबाट गरिएको परीक्षण अनुसार मोटरसाइकल, प्राइभेट जिप, स्थानीय मिनीबस, खाली ट्रक लगायतले तीब्र गतिमा हाँक्ने गरेको पाइएको छ । त्यसैगरी प्रहरीले म्याग्देको गुणादी, धयरे, अकला मन्दिर, बन्दीपुरको चुनपहरा लगायतका ठाउँमा राडर गनको प्रयोग गरि सवारीको गति मापन गरेको थियो । सवारी साधनको चाप बढ्दै गएको र राजमार्गमा दिनहुँ सवारी दुर्घटना बढ्न थालेपछि यसको नियन्त्रणको लागि राडर गन प्रयोगमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी नायव निरीक्षक कृष्णबहादुर क्षेत्रीले जानकारी दिए । राडर गन प्रयोग पछि यसको नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...