लमजुङका १ सय २० जनाले कोरोना जिते

देश    स्वास्थ्य

लमजुङका १ सय २० जनाले कोरोना जिते
१९ भदौ, लमजुङ । लमजुङमा कोरोनालाई जितेर उपचारपछि घर फर्कनेको संख्या १ सय २० पुगेको छ । बिहीबार ७ पुरुषले कोरोना भाइरस जितेर घर फर्किएसंगै कोरोनको जित्नेको संख्या १ सय २० पुगेको प्रशासनले जनाएको छ । पहिलो पटक कोरोना संक्रमण परीक्षण गर्दा पोजेटिभ आएकाहरुको दोस्रो पटक १० दिन पछाडि जाँच गर्दा पिसिआर रिर्पोट नेगेटिभ आएकालाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको भनाई छ । शुक्रबार ३ जना थपिएसंगै लमजुङमा कोरोना संक्रमितको २ सय ४३ पुगेको छ । १ सय २३ जना आइसोलेसनमा रहेका छन् । बिहीबार कोरोनालाई जित्नेहरु नमुना सामुदायिक अस्पताल सुन्दरबजारको आइसोलेसनमा रहेका ३९ बर्षीय, ३८ बर्षीय, ३८ बर्षीय, २७ बर्षीय, ३४ बर्षीय र २४ बर्षीय पुरुष रहेका छन् । र बेसीशहर स्थीत सहरी विकास कार्यालयको भवन सहजीमा आइसोलेसनमा बसेका २२ बर्षीय पुरुष रहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...