चिसोले पनि रोकेनन मतदातालाइ उत्साहपूर्ण मतदान ।

अन्य

चिसोले पनि रोकेनन मतदातालाइ उत्साहपूर्ण मतदान ।

 नोवेम्बर २६ काठमाडौँ :- मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आज बिहान ७ बजेदेखि उत्साहपूर्वक सुरू भएको छ।

प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा निर्वाचन भइरहेको हो।चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भइसकेको र मतदान कार्य सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यो निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्दैछन्। पहिलो चरणको निर्वाचनमा दुई हजार ९१९ मतदानस्थल र चार हजार ४६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मात्रै मतदान गर्न पाउनेछन्।

शीर्ष नेताले कहाँबाट मतदान गरे?

  • सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी नेता अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्।
  • धादिङ क्षेत्र नम्बर १ प्रदेशसभा (२) का माओवादी (वाम गठबन्धन) उम्मेदवार शालिकराम जम्कट्टेल।
  • गोरखा सिराञ्चोक गाउँपालिका- ८ स्थित परोपकार आदर्श मावि जौबारीमा मतदान गर्दै माओवादी नेता एवम् गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठ।
  • ताप्लेजुङबाट प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका नेपाली कांग्रेसका उम्मेदवार केशव दाहालले ताप्लेजुङको जिल्ला खेलकुद विकास समितिको कभर्डहलबाट मतदान गरेका छन्।
  • गोरखा निर्वाचन क्षेत्र नम्बर २ पालुङ्टार नगरपालिका – १ स्थित अन्नपूर्ण मा.वि. खोप्लाङ केन्द्रमा बाबुराम भट्टराईले मतदान गरेका छन्।
  • ताप्लेजङ सदरमुकामको सिटीहल मतदान केन्द्रबाट एमाले नेता योगेश भट्टराईले मतदान गरेका छन्।
  • रुकुम : पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गरेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन्।
  • पशुपति शमशेर राणाले सुनकोशी गाउँपालिका-२ स्थित महेन्द्रदयो उच्च मावि केन्द्र, सिन्धुपाल्चोकबाट मतदान गरेका छन्।
  • सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ स्थित विपी सांस्कृतिक केन्द्रबाट बलबहादुर केसीले भोट हालेका छन्।
  • गोरखा १ आरूघाट गाउँपालिकास्थित भीमोदय उच्च मावि केन्द्रबाट कांग्रेस नेता चिनकाजी श्रेष्ठले मतदान गरेका छन्।
  • लमजुङको क्लोलासोथार गाउँपालिका-९ बुद्धोदय मावि केन्द्रबाट पृथ्वी सुब्बा गुरूङले मतदान गरेका छन्।
  • नुवाकोट क्षेत्र नम्बर २ को ककनी गाउँपालिका २ ओखरपौवा केन्द्रबाट कांग्रेस नेता अर्जुननरसिंह केसीले मतदान गरेका छ्न्।
  • नुवाकोटको पञ्चकन्या गाउँपालिका २ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय केन्द्रबाट कांग्रेसका रामशरण महतले मतदान गरेका छन्।
  samadhan

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...