चुनावको मुखमा विप्लव कार्यकर्ताहरु धमाधम पक्राउ ।

अन्य

चुनावको मुखमा विप्लव कार्यकर्ताहरु धमाधम पक्राउ ।

नोवेम्बर 13 काठमाडौँ :-आउँदै गरेको निर्वाचनको सुरक्षा ख्याल गर्दै गरेर कास्की प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई धमाधम पक्राउ गरेको छ ।कास्की प्रहरीले १२ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले बताए । देशको विभिन्न ठाउँमा भएको बम काण्डका कारण कास्कीमा रहेका नेकपाका कार्यकर्तालाई पक्राउ गरिएको उनले बताए ।

शनिबार दिउसो नेकपाका ४ जना कार्यकर्ताबाहेक अन्य थप ८ जनालाई पक्राउ गरेको एसपी सिंहले बताए । जसमा सन्तोष परियार, रवीन्द्र राना, रामबहादुर राई, सोभित राना, सन्तोष लिम्बु, मेषबहादुर गुरुङ, सागर परियार र दीपक परियार छन् ।प्रदेश नम्बर ४ प्रहरी कार्यालयका अनुसार यस क्षेत्रमा रहेका जिल्लाबाट १६ जना विप्लवका कार्यकर्ता पक्राउ गरिएको छ । जसमा कास्कीबाट १६ जना, म्याग्दी र गोर्खाबाट २–२ जना पक्राउ परेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...