कास्कीमा रा प्रा पाका उम्मेदवार सहित बाम गठबन्धनमा प्रवेश |

अन्य

कास्कीमा रा प्रा पाका उम्मेदवार सहित बाम गठबन्धनमा प्रवेश |

डिसेम्बर २ पोखरा :-राप्रपा कास्की सहसचिव तथा कास्की ३ प्रदेश क्षेत्र नम्बर २ की प्रत्यक्षतर्फकी उम्मेद्वार धनुमाया कोइराला आचार्य शनिबार बाम गठबन्धनमा प्रवेश गरेकी हुन् ।बाम गठबन्धन कास्की ३ को प्रदेश क्षेत्र नम्बर १ अन्तर्गत शनिबार पोखराको पुरानो टुँडिखेलमा आयोजित चुनावी सभामा कोइरालालाई नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले माला र अबिर लगाएर स्वागत गरेका हुन् । कोइरालासँगै राप्रपाका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ का उपाध्यक्ष छन्द गिरी र सल्लाहकार गोविन्दराज कट्टेल पनि बाम गठबन्धनमा प्रवेश गरे ।

देशमा स्थिरता र समृद्धिका लागि आफूले बाम गठबन्धनका साझा उम्मेद्वारलाई समर्थन जनाउँदै आफ्नो उम्मेद्वारी फिर्ता गरेर बाम गठबन्धन प्रवेश गरेको कोइरालाले बताइन् । उनले देशको मुहार फेर्नका लागि बाम गठबन्धनको जित आवश्यक्ता भएको बताइन् ।

त्यस्तै अखण्ड नेपाल पार्टीका पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष दीपक केसी, गंगावहादुर केसी र नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु भरत आचार्य, आषिस अधिकारी पनि पुरुन्चौरमा भएको गठवन्धनको सभा मार्फत वाम गठवन्धनमा प्रवेश गरेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...