विभिन्न ठाउहरुमा उम्मेदवारलाइ लक्षित गरि बम बिस्फोट ।

अन्य

विभिन्न ठाउहरुमा उम्मेदवारलाइ लक्षित गरि बम बिस्फोट ।

नोवेम्बर १५ बेनी :-म्याग्दीको बेनीनगरपालिका–१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरि माइन बम विस्फोट गराईएको छ ।बिहान रत्नेचौरमा चुनावी सभा सकेर अर्जम क्षेत्रमा घरदैलो लागि जाँदै गरेको कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं काग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्ष्य गरी दिउँसो २ बजे बम विस्फोट गराइएको हो ।

बम विस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ । बम विस्फोटले गाडीका सिसा फुटेको प्रचार टोलीमा सहभागी तरुण दलका सदस्य सुमन श्रेष्ठले बताए । ‘एक मिनेट ढिला विस्फोट भएको भए ठूलो मानवीय क्षति हुने थियो, संयोगबस हामी बच्यौं’, उनले भने, ‘निकै माथिबाट तार ल्याएर विस्फोट गराइएको छ ।’

प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्काले घटनामा कुनै किसिमको क्षति नभएको बताइन् । ‘रत्नेचौरमा प्रहरी युनिट र भकुण्डेमा सशस्त्र प्रहरी क्याम्प छ, घटना लगत्तै हामीले सुरक्षा जनशक्ति बढाएका छौं’, उनले भनिन्, ‘कुन समूहले विस्फोट गरायो भन्ने विषय खुलेको छैन ।’विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने म्याग्दीमा सोही समूहले नै विस्फोट गराएको प्रहरीको अनुमान छ । प्रहरीले ४ दिन अघि विप्लव समूहका ३ कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

त्यसै गरि  भोजपुर प्रदेश ‘ख’मा नेकपा(एमाले) बाट उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ ।ट्याम्के मैयुङ गाउँपालिका–६ कोट गुम्बा नजिकै बा १५ च ५६० ड नं को जीपमा १०ः३० बजे बम प्रहार भएको हो । बम प्रहारबाट गाडीको अगाडि क्षति पुगेको छ भने राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा सामान्य घाइते हुनुभएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...