सप्तरीमा एक परिवारका २ दाज्युभाइ चुनावी मैदानमा ।

अन्य

सप्तरीमा एक परिवारका २ दाज्युभाइ चुनावी मैदानमा ।

नोवेम्बर ०७ सप्तरी :-सप्तरीको क्षेत्र नम्बर ३ मा एकै परिवारका दाजुभाइ प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । दाजु मधेसी गठबन्धनबाट चुनाव लडेका छन् भने भाइ बाम गठबन्धनबाट । डाक्नेश्वरी नगरपालिका ५ पातो बस्ने चन्द्रकान्त चौधरी र भाइ ताराकान्त चौधरी एउटै क्षेत्रमा चुनाव लडेका हुन् ।एमालेका सक्रिय कार्यकर्ता ताराकान्त वाम गठबन्धनबाट चुनाव लडेका छन् । उनले दोस्रो संविधानसभा निर्वाचनमा सप्तरीमा एमालेको साख बचाएका थिए । तत्कालिन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनलाई एमालेले यस पटक पुनः प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । उनले आफू पुनः निर्वाचित हुने विश्वास व्यक्त गरे ।

दाइ चन्द्रकान्त भने मधेसी गठबन्धनबाट उम्मेदवार बनेका छन् । उनलाई राष्ट्रिय जनता पार्टी -राजपा) ले टिकट दिएको छ । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बनेका चन्द्रकान्त भने कांग्रेस पृष्ठभूमिका हुन् । शुरुवाती समयमा कांग्रेसमा सकृय उनले स्थानीय चुनावमा डाक्नेश्वरी नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।चौधरी दाजुभाइ लडेको यो क्षेत्रमा कांग्रेसबाट जिल्ला सभापति दिनेश यादव नै उम्मेदबार बनेका छन् । स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने यस क्षेत्रभित्र रहेका पाँच स्थानीय तहमध्ये तीन वटा कांग्रेसले र दुई वटा राजपाले जितेको छ । क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो स्थानीय तह डाक्नेश्वरी नगरपालिका राजपाले जितेको छ । यस्तै रुपनी गाउँपालिका पनि राजपाले नै जितेको छ ।

शम्भुनाथ नगरपालिका, बिष्णुपुर गाउँपालिका र बेल्ही चपेना गाउँपालिकामा भने काँग्रेसले जीत निकालेको छ । यो हिसावले हेर्ने हो भने यो क्षेत्रमा कांग्रेस र राजपाबीच कडा टक्कर हुने सम्भावना रहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...