त्रिशुलीमा फेरि बस खस्दा ६ जनाको मृत्यु ,१५ घाइते ।

अन्य

त्रिशुलीमा फेरि बस खस्दा ६ जनाको मृत्यु ,१५ घाइते ।

नोवेम्बर २९ चितवन :-चितवनको फिस्लिङ स्थित त्रिशुली नदीमा आज विहान यात्रुबाहक बस खसेको छ । विहान सवा ९ बजे भएको दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । अन्यको उद्धारको प्रयास भईरहेको र बसमा कति यात्रु थिए भन्ने एकिन नभएको प्रहरीको भनाई छ ।

काठमाडौंबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ ख २९१ नम्बरको बस विपरीत दिशा तर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बर ट्रकसंग ठोक्किएर त्रिशुली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...