जाजरकोटमा पहिरोले पुरिएका ८ शव भेटियो |

अन्य

जाजरकोटमा पहिरोले पुरिएका ८ शव भेटियो |
श्रावण २० जाजरकोट:- जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजार नजिक गएको पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ। प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्य दुई बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानी नाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरिएको हो। पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। वर्षा नरोकिएको र भुभाग अपठ्यरो भएका कारण उद्दारमा समस्या परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...