अन्य

नोभेम्बर १६ फिष्टेल न्यूज:- नेपाल आदिवासी जनजाती महासंघ इजरायलले नेपाली राजदुताबास इजरायलकी उप -नियोग प्रमुख आस्था सुब्बालाई १५ नोभेम्बर २०१९ शुक्रबार साँझ तेलभिव सम्मान तथा बिधाई गरे । सुब्बा चार बर्ष देखि नेपाली राजदुताबासको इजरायलमा उप -नियोग प्रमुखको रुपमा कार्यरत रहेको थियो । तेल अभिवमा भएको एक अनौपचारिक कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर ,सस्थापक अध्यक्ष तेञ्जिङ्ग शेर्पा ,लगायत भू पु अध्यक्ष ज्युहरु ,जातिया संगठनका अध्यक्षहरु तथा अनलाइन संचारकर्मीहरु ,एनआरएन एनसीसी इजरायलका अध्यक्ष शान्ता अधिकारी ज्ञवाली तथा राजनैतिक भात्री संघ ,संघठनका अध्यक्षहरुको उपस्थिती रहेको थियो । नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर ,सस्थापक अध्यक्ष तेञ्जिङ्ग शेर्पा ,लगायत भू पु अध्यक्षहरुले वहाको इजरायल बसाईको क्रममा पाएको सहयोगको लागि धन्यवाद दिंदै ,वहाको सुनौलो तथा सुन्दर भबिस्यको लागी शुभकामना दिएको थियो ।वहालाई नेपाल आदिवासी जनजाती महासंघ इजरायलको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै सम्मान गरेको थियो ।यस अवसरमा बोल्नु हुँदै उप -नियोग प्रमुख सुब्बाले सबैलाई धन्यवाद दिनु हुँदै आफु कार्यरत रहंदा नेपाल सरकार तथा इजरायल सरकारको नियम र कानुन भित्र रही परि आएको समस्याहरुमा सकेको गरेको तथा आउने समयमा पनि आदिवासी जनजातीको लागी आफुले गर्न सक्ने सहयोग गर्ने विचार ब्यक्त गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...