पोखरामा सवारी दुर्घटनामा २ जनाको मृत्यु ।

अन्य

पोखरामा सवारी दुर्घटनामा २ जनाको मृत्यु ।
अक्टुबर ५ पोखरा :-पोखरामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एक अपसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो । तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...