इजरायलमा पनि तमु ल्होसारको भब्य तयारी ।

अन्य

नोवेम्बेर २ इजरायल :- तमु समाज इजरायलको आयोजनामा ” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु''(शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ)भन्ने मूल नाराका साथ आउँदो २९ डिसेम्बर २०१७(शुक्रबार) तेल अविव स्थित याद्खारुचिम-१५ , इजरायलमा बृहत सांस्कृतिक खि ल्हो (कुकुर वर्ग) तमु ल्होसार राष्ट्रिय पर्ब मनाउने भएको छ |

शुभकामना आदन-प्रदान, रात्री भोज र डिजेका साथमा मनाउन लागेका ल्होसार कार्यक्रमको लागि तमु समाज इजरायलका प्रथम उपाध्यक्ष ओम बहादुर गुरुङको संयोजकमा तयारिमा जुटेको संस्थाका महासचिब हरिमाया गुरुङले जानकारी प्राप्त भएको छ |

आफ्नो भाषा, भेष-भुष, कला, सस्कृतिलाई जगेर्ना गर्न उक्त दिन हाम्रो राष्ट्रिय पर्ब तमु ल्होसार समारोहमा आफ्नो जातिय तमु पोशाकमा उपस्थित भई दिनु हुन तमु दाजुभाई दिदीबहिनीहरु र इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई-दिदीबहिनीहरुलाई सहभागिताको लागि तमु समाज इजरायलद्वारा हार्दिक अपील एवं निमन्त्रणा गरिएको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...