पोखरा बाग्लुंग हाइवेको चौडाई ३० मिटर कायम ।

अन्य

पोखरा बाग्लुंग हाइवेको चौडाई  ३० मिटर कायम ।

डिसेम्बर ०५ फिष्टेल न्युज सम्बतदाता लोकेन गुरुङ पोखरा :- भुपी शेरचन राजमार्ग ( पोखरा - बागलुङ हाइवे ) को चौडाई ३० मिटर कायम हुने भएको छ ।निर्माणाधीन मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार गतबर्ष दोब्बर बनाइए पनि यश बर्ष शन्शोधन गरिएको हो । सडकको मध्य भागबाट ३०/३० मिटर दायाँबायाँ चक्लाउन लागेपछि स्थानीयले आफुहरु मारमा परेको भन्दै बिरोध समेत गरेका थिए | २०४७ मा उक्त सडक निर्माण गर्ने क्रममा राजपत्रमा सडक बिचबाट १५-१५ मिटर दायाँबायाँ भनेर सिमाङकन गरिएको थियो तर गत बर्ष मध्यपहाडी लोकमार्ग यहि सडक हुदै आउने भएपछि पोखराको याम्दी देखि बागलुङ सम्मको सडक ६० मिटर बनाउने नयाँ मापदण्ड ल्याइएको थियोे ।

आन्दोलनर समितिले पटकपटक संबंधित निकायमा पुगेर पुरानै सिमा कायम गर्न माग गरेपछि उक्त कार्यलयले पुरानै मापदण्ड कायम गरिएको स्रोतले बताएको छ । पछिल्लो समयमा मुस्ताङ सम्म ठुला तथा साना यातायात नियमित संचालन हुन थालेपछि यो सडकमा सवारी साधनको चाप अत्यन्तै बढेको स्थानीयको दाबी छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...