प्रदेश नम्बर ४ को मुख्यमन्त्री शपथ फागुन ४ गते शुक्रबार हुने |

अन्य

प्रदेश नम्बर ४ को मुख्यमन्त्री शपथ फागुन ४ गते शुक्रबार हुने |

फेब्रअरी १४ पोखरा :-प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण यही आउदो फागुन ४ गते शुक्रबार हुने भएको छ ।

यसअघि फागुन २ गते बुधबारका लागि शपथग्रहणको मिति तय गरिएको भए पनि प्राविधिक कारणवश उक्त मिति हेरफेर भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए ।उनका अनुसार फागुन ४ गते बिहान ९ः३० बजे पोखरास्थित प्रदेश प्रमुखको सरकारी निवासमा मुख्य मन्त्रीको शपथ ग्रहण हुनेछ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...