प्रदेश नं ४ को स्थायी राजधानी पोखरा कायम।

अन्य

प्रदेश नं ४ को स्थायी राजधानी पोखरा कायम।
जुलाई २ पोखरा :- प्रदेश नं ४ को प्रदेश सभाको सोमवारको वैठकमा प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्याकोे दुई तिहाई वहुमतवाट प्रदेश राजधानी पोखरा तोकिएको हो ।प्रदेश राजधानी तथा नामाङ्कन समितिको प्रतिवेदनमा प्रदेश राजधानी पोखरा तोक्ने सम्वन्धि सांसद कृष्ण थापाले प्रस्तुत गरेको प्रश्ताव माथि सदनमा आईतवार र सोमवार छलफल भई पारित गरिएको हो । प्रश्तावको सांसद मणीभद्र शर्माले सर्मथन गरेको थिए । प्रश्तावको पक्षमा सभामा उपस्थित ५२ जना सांसदलेनै मत जाहेर गरे । नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेश सभाको तत्काल कायम रहेको सदस्य संख्या दुई तिहाईले प्रदेशको राजधानी तोकिने व्यवस्था छ। प्रदेश सभाका कुल ५९ सांसद मध्ये सोमवार ५२ जना उपस्थित थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...