मिनी ट्रक दुर्घटना १ को मृत्यु ,१० घाइते |

अन्य

मिनी ट्रक दुर्घटना १ को मृत्यु ,१० घाइते |
जुन २५ फिस्टेल न्युज:- काभ्रेको बनेपा – ५ रबिओपीमा मिनी ट्रक सडकबाट खोलामा खसेर आगो लाग्दा एकको मृत्यु भएको छ । भने घटनामा अन्य १० जना घाइते भएका छन् ।सोमबार बिहान काभ्रेको बनेपा ५ रबिओपीमा बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खोलामा खसेको हो । मृत्यु हुनेमा ट्रकमा सवार मण्डन देउपुर नगरपालिका १२ की ४० वर्षीया लालिमाया तामाङको उपचारका क्रममा मृत्यु भएको र अरू १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।प्रहरीका अनुसार देवीटारबाट बनेपातर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट खोलामा खस्दा दुंगामा बजारिएर आगो लागेको थियो ।स्थानीय र प्रहरीको सहयोगमा ट्रकको आगो नियन्त्रणमा लिएको र घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...