तमु समाज युएईको आबुधाबी क्षेत्रीय अधिवेशन भब्यताका साथ सम्पन्न ।

अन्य

जुलाई ८ फिष्टेल न्यूज:- तमु (गुरुङ) समुदायहरुको मौलिक पहिचान,जातीय उत्थान र एकताको निम्ति सम्पुर्ण तमुहरु एक हौं भन्ने मुल नारा बोकेर युएईमा सन् १९९७ मा स्थापना भएको युएईकै पुरानो दोस्रो पुरानो संस्था तमु समाज युएईले यहि यहि ०६ जुलाई २०१८ शुक्रबार आबुधाबी स्थित मिन्ट रेष्टुरेन्ट ( गुरुङ भान्छा घर) को हलमा तमु समाज युएईको क्षेत्रीय अधिवेशन भव्यता साथ सम्पन्न गरेको छ। तमुहरुको सुख,दु:खमा साथ दिन र आफ्नो समुदायको भाषा , धर्म , संस्कार , संस्कृति, परम्परा , भेषभुषाको संरक्षण, सम्बर्द्धन र बिकासमा प्रवास बाट पनि योगदान दिने उद्देश्यले सन् १९९७ मा स्थापित युएईको इतिहासमा २० औं बर्ष बोकेको पुरानो युएईको दोस्रो पुरानो संस्था हो। अधिवेशन सम्पन्न गराउन तमु समाज युएईका संरक्षक श्री राजु तमुको संयोजकत्वमा समाजकै केन्द्रिय महासचिव श्रीमती पबित्रा तमुस्यो र केन्द्रिय प्रबक्ता श्री मान सिङ तमु सदस्य सहित तीन सदस्यीय समिति गठन गरेको थियो।प्रमुख अतिथिमा तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्यो रहनु भएको थियो। उक्त निर्वाचन समितीले नन्द कुमार तमुको अध्यक्षतामा निम्न पदाधिकारी ज्युहरु सहित २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अध्यक्ष --नन्द कुमार तमु उपाध्यक्ष -- रेशम तमु सचिव-- उज्ज्वल तमु सह-सचीव -- बुद्ध तमु कोषाध्यक्ष --मिना तमुस्यो सह-कोषाध्यक्ष --प्रभात तमु सदस्यहरुमा : यम तमु,पुर्ण तमु,सृजना तमुस्यो,सरिता तमुस्यो,आश तमु,जोबिटो तमु,छवि तमु,भुमिका तमुस्यो,रच्चु तमुस्यो,सुदन तमु,हिमाल तमु,यशोदा तमुस्यो,दिपेन्द्र तमु,प्रीया तमुस्यो,प्रवीण तमु र विवेक तमु रहनु भएको छ। निर्वाचित हुनु भएका अध्यक्ष ज्यु लगायत सम्पुर्ण पदाधिकारीहरु लाई समाज अध्यक्ष श्रीमती उषा तमुस्यो,उपाध्यक्ष श्री नन्द जंग तमु,सह-सचीव प्रीति तमुस्यो,सांस्कृतिक बिभाग प्रमुख श्री अमृत तमु,खेलकुद बिभाग प्रमुख श्री सन्तोष तमु र केन्द्रिय सदस्य श्रीमती पुर्णिमा तमुस्योले क्रेगी तथा खादा लगाइ दिनु भएको थियो भने निर्वाचित हुनु भएका सम्पुर्ण पदाधिकारी ज्युहरु लाई निर्वाचन समितिका संयोजक तथा तमु समाजका संरक्षक श्री राजु तमु ज्यु ले सपथ खुवाउनु भएको थियो। अन्तमा प्रमुख अतिथि तमु समाजका अध्यक्ष श्रीमती तमुस्योले निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो। साथै तमु समाज युएईले तमु समाज युएईका आबुधाबी क्षेत्रीय समितीका सदस्य सृजना तमुस्योको भाइ मृगौला पीडित लाई आर्थिक सहयोग स्वरुप १०९२/- (एक हजार बयन्नब्बे दिराम) हस्तान्तरण गरेको थियो भने तमु समाज युएईको अलऐन क्षेत्रीय अधिवेशन छिट्टै गर्ने निर्णय पनि गरेको समाजका प्रबक्ता मान सिङ तमु (मानु कोन्मे) ले फिस्टेल न्युज लाई जानकारी गराउनु भएको थियो।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...