बल कृष्ण ढुंगेल सहित ८५० जना रिहाइ गर्ने तयारि |

अन्य

बल कृष्ण ढुंगेल सहित ८५० जना रिहाइ गर्ने तयारि |
मे २३ काठमाडौँ :- तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८५० कैदीलाई बाँकी कैद माफी दिई गणतन्त्र दिवसमा थुनामुक्त गर्ने कारागार व्यवस्था विभागले गृह मन्त्रालयमा सिफारिस गरेको छ ।विभागका महानिर्देशक हरिप्रसाद मैनालीले कार्यविधि अनुसार करिब ८५० कैदीलाई छाड्न सिफारिस गरिएको बताए। ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१’ अनुसार सिफारिस गरिएको हो।तर मैनालीले भने यसबारेमा बताउन चाहाएनन् । उनले भने, ‘करिब ८५० केदीको सजाय माफीका लागि कानुन अनुसार नै सिफारिस भएको छ, व्यक्ति विशेषको नाम याद भएन ।’ स्रोतका अनुसार, ढुंगेलको नाम पनि कैद माफीका लागि सिफारिस भएको छ। कार्यविधिको कैद माफी सम्बन्धी मापदण्डभित्रै पर्ने भएकाले ढुंगेलको नाम पनि सिफारिस गरिएको विभागका एक अधिकारी बताउँछन्।कर्तव्य ज्यान मुद्दामा ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला गरिएको छ। गत कात्तिक १४ गते ढुंगेललाई ललितपुरबाट पक्राउ गरि डिल्लीबजार कारागारमा छन्। रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...