मादक पदार्थ सेवनगरी अर्काको ट्याक्सी लिएरा भाग्दा एक जनाको ज्यान गयो |

स्थानीय

मादक पदार्थ सेवनगरी अर्काको ट्याक्सी लिएरा भाग्दा एक जनाको ज्यान गयो |
कार्तिक २0  पोखरा:-पोखरामा सोमबार राती मादकपदार्थ सेवन गरेर सुतेका अन्दाजी २५ बर्षीय सुमन पौडेलले अर्कैको ट्याक्सी चलायर भाग्दा दुर्घटनामा परि ज्यान गुमाएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले बताए। पोखरा – ७ शान्तिनगर स्थित राजु कुवरको ग्यारेजमा काम गर्ने पोखरा – २१ कृस्तीका पौडेल सोमबार राती ट्याक्सी चालकसँगै शान्तिनगरमा मादकपदार्थ सेवन गरि सुतेका थिए । ट्याक्सी चालक राजु थापा सधै ट्याक्सी पार्किंग गर्ने ठाउमा ट्याक्सी पार्किंग गरेर पौडेल सँगै मापसे गरेर सुतेकोमा पौडेलले सुटुक्क ट्याक्सीको चापी लिएर हिडेका थिए ।पौडेलले लिएर हिडेको ग १ ज ५४३ नम्बरको उक्त ट्याक्सी पोखरा -२२ पुम्दी भुम्दी स्थित फलेंटेमा दुर्घटना हुदाँ उनको घटनास्थलमै ज्यान गएको हो । ट्याक्सी सडकबाट करिब ५ सय मिटर तल खसेको छ । मादकपदार्थ सेवन गरेका उनले बेसुरमा वा अन्य कुनै मनसायले ट्याक्सी लिएर हिडेका थिए भन्ने कुरा खुल्न बाकी रहेको डिएसपी कार्कीले बताएका छन् । घटनाका थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जनाए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...