लेखनाथ पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत पौडेल सेतीमा हामफालेको प्रत्येक्षदर्शीको भनाइ |

अन्य

लेखनाथ पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत पौडेल सेतीमा हामफालेको प्रत्येक्षदर्शीको भनाइ |
जुन २५ फिस्टेल न्युज:-शनिवार विहानदेखि सम्पर्कविहिन पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलको अबस्था अझै अज्ञात छ । उनको खोजीका लागि अपिल गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले आईतवार बिज्ञप्ती समेत जारी गरेका छन् । परिवारजनले पनि उनी कसैको सम्पर्कमा भए घर परिवारसँग सम्पर्क गराईदिन आग्रह गरेका छन् । महेंद्रपूलमा रहेको सुनचांदी दोकानको सी सी टीबी र स्थानीय प्रत्यक्षदर्शी महिलाको भनाइ अनुशार पौडेल सेतीमा हामफालेको आशंका गरिएको छ | आईतवार दिनभर सेतीखोचमा खोजी गरेपनि केहि पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ । परिवारका अनुसार पौडेल शनिवार विहान ५ बजेदेखि सम्पर्कविहिन भएका हुन् । आफुले प्रयोग गर्ने दुबै मोवाईल घरमै छाडेर निस्केका उनी त्यसपछि सम्पर्कमा आएका छैनन् |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...