गाई काटेको अभियोगमा ३ जना पक्राउ |

अन्य

गाई काटेको अभियोगमा ३ जना पक्राउ |
मे २४ पोखरा :- स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने ३ जनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ ।वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो । स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । प्रहरीका अनुसार मुलुकी ऐन—२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...