युएईमा सुपर भाइजरको पिटाईबाट घाइते गंगा बास्तोलालाई राजदुताबासले न्याय दिलाए |

अन्य

युएईमा सुपर भाइजरको पिटाईबाट घाइते गंगा बास्तोलालाई राजदुताबासले  न्याय दिलाए |
जुलाई ११ फिष्टेल न्यूज:- युएईमा कम्पनीको सुपरभाइजरले कुटपिट गर्दा घाइते भएकी सोलुखुम्बुकी गङ्गा बास्तोलालाई नेपाली दूतावास युएईले न्याय दिलाएको छ ।मंगलबार कम्पनीमा काम गर्न जादा मादक पर्दाथ सेवन गरि गएकी गङ्गालाई कम्पनीका एक भारतीयन सुपरभाइजरले गाडीमा राखी कम्पनी होस्टेल फर्काउदै गर्दाबीच बाटोमा गाडी रोकि कुटपिट गरेको भिडियो सामाजिक संजाल फेसबुक मार्फत भाइरल बनेपछि दूतावासले घटनाबारे चासो दिएको थियो । युएईको सोनापुरस्थित एक प्रतिष्ठित कम्पनीमा क्लिनिङ काम गर्दै आएकी बास्तोलाले मादक पदार्थ सेवन गरि सामान्य भनाभन गरेकै भरमा बिच बाटोमा घाइते हुने गरि कुटपिट गर्नु नितान्त कानुन बिपरित रहेको भन्दै दूतावासले घाइतेको उपचारसहित कम्पनीसँग क्षतिपूर्ती दाबी गरेको राजदूत सागर फुयालले बताए । महिलामाथी हातपात गर्ने लाई हामी त्यसै माफ दिन सक्दैनौं कम्पनीले सुपरभाइजरलाई कारबाही गरेको छ बास्तोला उपचार पछी नेपाल जादैछिन,’ राजदुत फुयालको भनाइ छ। पछिल्लो समय युएईमा मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता काममा नेपाली महिला तथा पुरुषको सङ्ख्या बढेको देख्दा दुख लागेको बताउदै स्वाभिमानी नेपालीको शिर झुकाउने काम नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...