तनहुँको बन्केवामा बस दुर्घटना ५ जना घाइते |

अन्य

जनवरी २३ दमौली :-शुक्लागण्डकी नगरपालिका–३ वनकेवाँ धारापानीमा मंगलबार दिउँसो बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।शुक्लागण्डकी–६ व्यागनबाट दुलेगौडा आउँदै गरेको ग १ ख ६८५३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा चालक शुक्लागण्डकी नगरपालिका–६ बस्ने वर्ष २३ का सुकबहादुर नेपाली, शुक्लागण्डकी नगरपालिका ४ का ४० वर्षिय देबबहादुर थापा र शुनपा–४ का २३ वर्षिय शिशिर राना घाइते भएका छन् ।

accd

उनीहरुको सेतीगंगा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य छ ।यसैगरी शुनपा–६ बस्ने ३५ वर्षिय डोल माया थापा र ४० वर्षिय देवबहादुर थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घाइतेको हात, टाउकोमा चोट लागेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...