राजामामाको शव यात्रामा क्षेत्र नम्बर १ का सांसद कृष्ण कुमार सहभागी |

अन्य

राजामामाको शव यात्रामा क्षेत्र नम्बर १ का सांसद कृष्ण कुमार सहभागी |
अप्रिल १९ लोकेन तमु सम्बत्दाता पोखरा :- नेपाल कै लोपोन्मुख कुसुण्डा जातिका राजामामाको निदन भएको छ ।ब्यास नगरपालिका -१० डिहि गाउँमा बस्दै आएका राजामामाको बुधबार बिहान् ७५ बर्षको उमेरमा निदन भएको हो । कुसुण्डा भाषा बोल्न जान्ने राजामामा एक मात्र ब्याक्ती थिए । राजा मामाको निदनले लोपोन्मुख कुसुण्डा जाति र सिङ्गो आदिवासी जनजाति समुदायलाई ठूलो क्षती पुगेको छ ।आदिवासी जनजाति उत्थान प्रतिष्ठानले राजामामालाइ संरक्षण गरेर राखेका थिए ।प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङ सङ्ग राजामामाको बिहे गराइदिएका थियो । कुसुण्डा कान्छा भनेर गाउँमा चिनिने उनलाई जनजाति अगुवाहरुले राजामामाको नाम दिएका हुन । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले घर समेत बनाइदिएको राजामाले तनहुँ जिल्ला प्रशासन कार्यलयबाट नागरिकता बनाएका छन ।कुसुण्डाको सव यात्रामा तनहुँ क्षेत्र नं-१ का सांसद कृष्णकुमार श्रेष्ठ "किशान" र नेपाल आदिबासी जनजाति महासंघ तनहुकी अध्यक्ष बसुन्धरा घर्तिले काँध हाल्नु भएको थियो। राजामामाको पार्थिव शरीरमा १० बर्षिया छोरी सिमान्तले दागबत्ती दिएकिछिन भने धर्मपत्नी इन्द्रमायाले क्रिया बसेको स्थानीयले बताएकाछन । राजामाको दाहसंस्कारको खर्च ब्यास नगरपालिकाले उपलब्ध गराउने भएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...