बिरगंजमा ट्यांकर चालकहरुले प्रहरीको दुर्व्यहार बिरुद्द ढुवानी ठप्प |

अन्य

बिरगंजमा ट्यांकर चालकहरुले प्रहरीको दुर्व्यहार बिरुद्द ढुवानी ठप्प |
प्रिल १६ बिरगंज :- बिरगंजमा ट्याङ्कर चालकलाई प्रहरीले कुटपीट गरेको विरोधमा ट्याङ्कर चालकहरुले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । ट्याङ्कर चालक संघको आहृवानमा चालकहरुले सोमबार बिहानदेखि भारतको रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ ल्याएका छैनन् । वीरगञ्जको ईनारवा प्रहरी चौकीका प्रमुख विनोद मल्लिक र प्रहरीहरुले अनाहकमा ट्यांकर चालकलाई दुव्र्यवहार र कुटपिट गर्ने गरेको आरोप ट्याङ्कर चालकहरुको छ । ट्याङ्कर चालकलाई दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारवाही र कुटपिटबाट घाइते भएका ट्यांकर चालक सन्तोष प्रसाईको उपचार गर्न ट्यांकर चालकहरुले माग गरेका छन् । आइतबार अपरान्ह चारबजे रक्सौल डिप्पोबाट वीरगञ्जतर्फ आउने क्रममा गाडी पार्किङ गर्न खोज्दा प्रहरीहरुले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको गाडी चालक सन्तोष प्रसाईले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...