धादिंगको महादेव बेशीमा ४ वटा सवारी साधन ठोकिंदा २ जना घाइते |

अन्य

धादिंगको महादेव बेशीमा ४ वटा सवारी साधन ठोकिंदा २ जना घाइते |
मे २ धादिङ; – धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिकै पृथ्वीराजमार्गमा बुधवार विहान गुडिरहेका चार सवारी साधन एक आपसमा ठोक्किदाँ आगलागी भएको छ । आगलागीबाट २ जना घाईते भएका छन् ।इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल ठोक्किन आउँदा सो मोटरसाइकलाई जोगाउने क्रममा काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खानपुगेकोे थियो । ३ वटा सवारी साधन ठोक्किएर दुर्घटना भएको स्थानमा धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको अनियन्त्रित भएर ट्रकमा ठोक्किएको जि. प्र. का. धादिङले जनाएको छ । मोटरसाइकल ट्रकमा ठोक्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल जलेको स्थानीयले वताए । घटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक अन्दाजी २९ वर्षीय रेखबहादुर बस्नेत र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय प्रेमबहादुर भुजेल छन् । घाईतेलाई उपचारकालागि काठमाण्डौं पठाईएको छ । दुर्घटना पश्चात केही बेर पृथ्वीराजमार्ग अवरुद्ध हुनपुगेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...