कृष्णसार शिकार गरेको आरोपमा अभिनेता सलमान खान ५ बर्ष जेल तथा १० हजार जरिवाना |

अन्य

कृष्णसार शिकार गरेको आरोपमा अभिनेता सलमान खान ५ बर्ष जेल तथा १० हजार जरिवाना |

अप्रील ५ जोधपुर :-भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ कृष्णसार सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ।'हम साथ साथ हैं' नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा २ वटा कृष्णसारको शिकार गरेको आरोप उनीमाथि थियो।

 

जोधपुरस्थित अदालतबाहिर प्रशंसकहरू भेला भएका थिए भने सुरक्षाका निम्ति सयौँ प्रहरी तैनाथ गरिएका थिए।सोही मुद्दामा आरोपित अन्य चार फिल्म कलाकारहरूलाई भने अदालतले निर्दोष ठहर गरेको छ।जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ। उनलाई अब आजै जेल लगिनेछ।

खानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन्।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...