ठगी प्रकरणको समाचार लेख्दा पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा ।

अन्य

ठगी प्रकरणको समाचार लेख्दा पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा ।
अप्रिल १६ पोखरा:- ठगी प्रकरणको समाचार प्रकाशनलाई लिएर साइबर क्राइम अन्तर्गत पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरी छुटेका छन् । गिरीलाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयकाे राेहबरमा पुनः सिआइबी कार्यालयमा हाजिर गराउने शर्तमा छाडिएकाे हाे । गिरीले ताण्डवको चैत २२ गतेको अंकमा 'ठग' बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो। समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशः १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ। गिरी ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक हुन् ।   समाचार स्रोत :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...