कांग्रेस बैठक चर्क चर्कीमा रोकियो ,फेरी दिउसो बस्ने ।

राजनीति

कांग्रेस बैठक चर्क चर्कीमा रोकियो ,फेरी दिउसो बस्ने ।

अक्टुबर ६ काठमाडौँ :- बदलिँदो राजनीतीक परीस्थीतका बीच भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । शुक्रबार विहान बसेको बैठक फेरि दिउसो ४ बजे बस्ने गरी स्थगित भएको बताइएको छ । नेताहरुबीच बैठकमा उम्मेदवार छनाैटका विषयमा विवाद भएकाे बताएको छ ।।पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको को सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वाम गठबन्धनबाट पर्ने प्रभाव तथा लोकतान्त्रिक गठबन्धन निर्माणमा रहेका चुनौतीबारे केन्दित रहेर छलफल भएको एक नेताले बताए ।

यसैगरी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौटका मापदण्ड र विधिबारे समेत छलफल भएको बताइएको छ । स्थानीय तहमा उम्मेदवार भएकालाई प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

बैठकले बामपन्थी ध्रुवीकरणका विरुद्दको रणनीति तय गर्ने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्ने लोकप्रियलाई उम्मेदवार बनाउनुपर्नेमा विषेश जोड दिएका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...