ने बि संघको बिबाद सुल्झियो कार्तिकमा महाधिबेशन हुने |

राजनीति

ने बि संघको बिबाद सुल्झियो कार्तिकमा महाधिबेशन हुने |
भदौं २४ काठमाडौं:- नेपाल विद्यार्थी संघको संस्थापन र संस्थापन इतर समूह एक ठाउँ उभिएर १२औं महाधिवेशनका लागि संयुक्त रुपमा मिति प्रस्ताव गरेका छन ।योसँगै लामो समयदेखि चल्दै आएको नेविसंघ भित्रको विवाद अन्त्यतर्फ अघि बढेको छ। संघको १२औँ महाधिवेशन १६, १७ र १८ कार्तिकमा गर्नका लागि अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले सहित नेविसंघ भित्रका सबै समूहहरु सहमत भएका हुन । १२ औं महाधिवेशनका लागि अध्यक्ष महरले कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार भएको बैठकमा मिति प्रस्ताव गरेका हुन ।बैठकमा अध्यक्ष महरले महाधिवेशनको विकल्प नरहेको भन्दै मिति प्रस्ताव गरेका थिए । प्रस्तावित तालिका अनुसार नेविसंघको अधिवेशनहरू असोज पहिलो सातादेखि सुरु हुनेछ ।प्रस्तावित कार्यतालिका अनुसार महाधिवेशन ७ असोजबाट मावि तथा क्याम्पसको अधिवेशन सुरुवात गरेर हुने नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । यस्तै १२ असोजमा महानगर उपमहानगर र गाउँको अधिवेशनको प्रस्ताव गरिएको छ । यसैगरी प्रदेशतर्फको क्षेत्रमा भने १५ असोज, जिल्लातर्फ २१ असोज र उपत्यकाका क्याम्पसहरूमा २३ असोजमा अधिवेशनको प्रस्ताव गरिएको भट्टले जानकारी दिएका हुन ।यसैगरी प्रदेशतर्फको अधिवेशन भने १० र ११ कात्तिकमा गर्ने गरि मिति प्रस्ताव गरिएको छ । महाधिवेशनका लागि १३ कात्तिकमा प्रतिनिधि टुंगो लगाउने १४ कात्तिकमा दाबी विरोधका लागि समय दिइने र त्यही दिन अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका प्रस्तावित छ । महाधिवेशनको उद्घाटन १६ कात्तिकमा हुने र बन्दसत्र १७ गते गर्ने तथा १२ औँ महाधिवेशनका लागि मतदान १८ कार्तिकमा गते अध्यक्ष महरको प्रस्ताव छ ।बैठकमा महरले उमेर हद हटाउन पनि प्रस्ताव गरेका छन । हाल नेविसंघको विधानमा ३२ वर्ष नाघिसकेकाले केन्द्रीय समितिमा उम्मेद्वारी दिन नपाउने प्रावधान छ । महाधिवेशनको प्रस्तावित मितिका लागि नयाँ खाका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष निकटका विद्यार्थी नेताहरूले एक हप्ता लामो गोप्य बैठकपछि तय गरेका हुन ।तर गोप्य बैठकका विषयमा भने उपसभापति विमलेन्द्र निधि पक्षीय समूहका नेविसंघका महामन्त्री सरोज थापा र महामन्त्री डा शशांक कोइराला निकट समूहका विद्यार्थीहरुले असहमती जनाउँदै आएका थिए । उनीहरु समेत शनिबारको बैठकमा सहभागी भएर १२ औं महाधिवेशनका लागि नयाँ खाका सहितको मिति प्रस्ताव गरिएको बताइएको छ । साभार :-हाम्राकुरा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...