कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित |

राजनीति

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित |

मार्च ५ काठमाडौँ :- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।संसदीय दलको कार्यालय सिंहदरवारमा भएको मतदानमा देउवाको पक्षमा ४४ मत खसेको थियो भने प्रत्यासी प्रकाशमान सिंहको पक्षमा १९ मत खसेको थियो ।मतदानमा सबै ६३ सांसद सहभागि भए ।

देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार थिए भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका थिए । त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव थिइन् भने समर्थकमा सञ्जय गौतम रहेका थिए ।देउवाको यस विजयले नेतृत्व सम्म फेर्ने हल्ला चलिरहँदा अझै पार्टीभित्र वहा नै बलियो रहेको प्रस्ट भएको छ |

नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...