जेष्ठ ७ गते भित्र एमाले र माओबादी एकता हुने |

राजनीति

जेष्ठ ७ गते भित्र एमाले र माओबादी एकता  हुने |
मे १६ काठमाडाै:- नेकपा माओवादी र नेकपा एमालेबिचको पार्टी एकता ७ गते अघि नै सम्पन्न हुने भएको छ । जेठ ७ गते सरकारले ल्याउने ‘नीति तथा कार्यक्रम’ अघि नै पार्टी एकता सम्पन्न गर्ने र एउटै पार्टी भएर कार्यक्रम ल्याउने समझदारी जुटेको उच्च राजनीतिक स्रोतले बतायो । स्रोतका अनुसार जेठ ६ गते पार्टी एकताको तयारीमा दुवै दल लागेका छन् । यसको संकेत बुधबार तय भएको माओवादी–एमाले संयोजन समितिको बैठकप्रति लक्षित गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एक कार्यक्रममा ‘एकता विरोधिहरुलाई भोली बालुवाटार आउन’ भनेर गरेका थिए । स्रोत भन्छ आज बस्ने बैठकले ६ गतेको एकताको मिति तय गर्नेछ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको दूई दिने नेपाल भ्रमण लगत्तै माओवादी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीबिच भएको बैठकले विवादित विषयमा समझदारी जुटाएको हो ।संगठनात्मकरुपमा बराबरी अर्थात प्रतिशत नतोक्ने र २,४ जना तलमाथि हुनसक्ने, जनताको जनतवाद कार्यनीतिक कार्यदिशा हुने, र विधान तथा प्रतिबेदनमा माओवादी जनयुद्ध तथा शान्तिपूर्ण सघर्षको उपलब्धी भनेर किटान गरिने भएको छ । यसरी विषयहरुमाथि सहमति जुटिसकेपश्चात प्रचण्ड कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदन तथा विधान सच्याउन तथा फाइनल गर्न लागिपरेका छन् । प्रतिवेदनकै लागी प्रचण्ड निवासमा केहीदिनदेखि भेटघाट करिब करिब बन्द जस्तै छ । उनी विधान तथा प्रतिवेदनमाथि काम गरिरहेका छन् ।एमाले नेता माधव नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ समेत रहेको कार्यदलले विधान तथा राजनीतिक प्रतिवेदन लेख्ने काम गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...