प्रधानमंत्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने |

राजनीति

प्रधानमंत्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने |
भदौं १२ काठमाडौँ :-प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् ।प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नेछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिने छन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...