केहि सहमति गर्दै संयोजन समितिको बैठक सकियो ,फेरि भोलि बस्ने |

राजनीति

केहि सहमति गर्दै संयोजन समितिको बैठक सकियो ,फेरि भोलि बस्ने |

फेब्रअरी १४ काठमाडौँ :-बाम एकाताको लागि बनेको संयोजन समितिको बैठक सकिएको छ ।बैठकले पार्टी एकता प्रक्रियासँग छलफलमा रहेका धेरै जसो विषयमा सहमति गरेकोछ ।बैठकमा पार्टी एकताको प्राविधिक कुराहरूको तयारी गर्न कार्यदल बनाउने, नेतृत्वको मोडालिटी, कार्यदिशा लगायतका विषयमा सहमति जुटेको बताइएको छ ।

प्रक्रियासँग सम्बन्धित छलफल हुन नपाएका विषयमा भोली टुंगो लगाइने भएकोछ ।आजको बैठकपछि ओली र प्रचण्डवीच केही समय एक्लाएक्लै छलफल भएको थियो ।आज अपरांह ओली र प्रचण्डबीच छलफलपछि नेकपा एमाले र माओवादी केन्द्रले आन्तरिक छलफल गरेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...