कांग्रेस संसदीय दलको नेतामा शेर बहादुर देउवा र प्रकाशमान सिंहको उम्मेदवारी |

राजनीति

कांग्रेस संसदीय दलको नेतामा शेर बहादुर देउवा र प्रकाशमान सिंहको उम्मेदवारी |

मार्च ४ काठमाडौं:- कांग्रेस संसदीय दलका नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । देउवाको प्रस्तावकमा विजयकुमार गच्छदार प्रस्तावक र मानबहादुर विक समर्थक छन् ।सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम छन् ।

कम्युनिष्टहरुको बाहुल्यता रहेको संसदमा प्रमुख विपक्षीको सशक्त भूमिका निर्वाह गर्न सशक्त उम्मेदवार आवश्यक परेकाले उम्मेदवार बनेको सिंहले बताए ।‘नेतृत्व परिर्वतन आवश्यकता छ भन्ने मागआएकाले पनि उम्मेदवारी दिएको हुँ’ उनले भने ।दलको नेता छान्न भोलि चुनाव हुनेछ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...