माओवादी नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट चुनाव लड्ने ।

राजनीति

माओवादी नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट चुनाव लड्ने ।

अक्टुबर ०२ काठमाडौँ :- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट केन्द्रीय प्रतिनिधि सभाका लागि निर्वाचन लड्ने भएका छन् ।नेकपा माओवादी केन्द्र रोल्पाको हिजो आइतबार बसेको बैठकले पुनको नाम प्रतिनिधि सभा उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो ।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट नेता पुनको उम्मेदवारीको चर्चाले अन्य दलहरुमा संकट निम्त्याएको छ । राजनीतिकरुपमा पार्टी अध्यक्ष प्रचण्डको निकट मानिने वर्षमान पुन केन्द्रीय राजनीतिमा समेत उत्तिकै प्रभाव राख्छन् । बाबुराम भट्टराई प्रधानन्त्री भएको बेला उनी अर्थमन्त्री बनेका थिए ।प्रदेशका लागि भने जिल्लाबाट सर्वसम्मत हुन नसकेपछि दुई दुई जनाको नाम केन्द्रमा पठाइएको छ । रोल्पाको क्षेत्र नं १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य जोखबहादुर महरा, युवा नेता कुलप्रसाद केसी र २ बाट केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगरको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

क्षेत्र नं। १ बाट प्रदेश सभाषद्मा सिफारिस हुनु भएका जोखबहादुर महरा प्रधानन्त्री प्रचण्डको मुख्य सचिव एवं हाल प्रचण्डको स्वकीय नीजी सचिको रुपमा कार्यरत छन् । यस्तै पार्टी कुलप्रसाद केसी चर्चित नेता हुन । यी दुई मध्ये पार्टीले कसलाई टिकट दिन्छ भन्ने कुरा निश्चित छैन । पार्टी बैठकले समानुपातिक तर्फका लागि केन्द्रीय सांसदका लागि पूर्व मन्त्री जयपुरी घर्तीमगर, सभामुख ओनसरी घर्तीमगर, प्रदेशका लागि क्षेत्र नं. १ बाट १) चन्द्रबहादुर बुढामगर (क. शेष), २) मिना बुढामगर (क. प्रतिक्षा), ३) पवन कुमार कवर, ४) ओमबहादुर पुनमगर ५) सीता आचार्य ६) राजकुमार कवर ७) इन्द्र बहादुर रोका २ नं. निर्वाचन क्षेत्रका १) सुरेन्द्र थापा (घर्ती) (क. धुव्र), २) तोप बहादुर डाँगी, ३) कर्मलाल परियार ४) रामधन पुनमगर ५) हरीसरा घर्तीमगर ६) भक्तबहादुर वली ७) काशीराम बुढामगरलाई सिफारिस गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...