प्रदेश नम्बर ७ को राजधानी डोटीहुनु पर्ने माग राख्दै आन्दोलनमा डोटेलीहरु |

राजनीति

प्रदेश नम्बर ७ को राजधानी डोटीहुनु पर्ने माग राख्दै आन्दोलनमा डोटेलीहरु |

डिसेम्बर ०३ धनगढी :-प्रदेश नम्बर ७ को राजधानी कैलालीको धनगढि तोकिएपछि बिरोध शुरू भएको छ । डोटीमा राजधानी हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले एक मोटरसाइकलमा आगजनी समेत गरेका छन्।७ नम्बर प्रदेशको राजधानी डोटी बनाउन माग गर्दै आएका आन्दोलनकारीले बन्दको अबज्ञा गरेको भन्दै से १ प ८८६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन्।

119E766F-ADE7-4A8C-8D3E-E3FDAE9FEE7E

प्रदेशको अस्थायी राजधानीका विषयमा सिफारिस समितिले प्रदेश नम्बरको ७ को राजधानी कैलाली सिफारिस गरेको निर्णयको विरोधमा डोटीमा आन्दोलन चर्किएको हो।बन्दका कारण यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन्। लामो तथा छोटो दुरीका यातायात साधन रोकिएका छन्। १२ गतेदेखि एक हप्तासम्म शान्तिपुर्ण रुपमा सञ्चालनमा रहेको आन्दोलन मंगलबारदेखि आन्दोलन उग्र बन्दै गएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...