स्यांग्जाबाट बाम उम्मेदवार दिपक चर्ती मगर बिजयी ।

राजनीति

स्यांग्जाबाट बाम उम्मेदवार  दिपक चर्ती  मगर बिजयी ।

डिसेम्बर १२ स्यांग्जा :-स्याङ्जा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट दीपक चर्तीमगर विजयी हुनुभएको छ ।नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चर्तीमगरले नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई हजार ७२६ मतले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ बदर मत ७०३ संख्या पुगेकोे छ ।

विजयी चर्तीमगरले कूल १७ हजार ३९२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पंगेनीले १४ हजार ६६६ मत प्राप्त गर्नुभयो । स्याङ्जामा अहिले मतगणना जारी छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको स्याङ्जाका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन् । बिहीबार मतदान सम्पन्न भए पनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिबाट मात्रै शुरु भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...