प्रदेश चुनावमा नराम्रो पराजय पछि नेपाली कांग्रेसका नेताहरु जुत्ता पालिस गर्दै |

राजनीति

प्रदेश चुनावमा नराम्रो पराजय पछि नेपाली कांग्रेसका नेताहरु जुत्ता पालिस गर्दै |

जनवरी ३० काठमाडौँ :-शहीद दिवसको बिहानै कांग्रेस नेताहरु सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेका देखिए । यो दृष्यले सबैलाई आश्चर्यचकित पारिदियो । उनीहरु राजनीति शुद्धीकरण अभियानका लागि भन्दै सडकमै जुत्ता पालिस गरिरहेका रहेछन्।कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए।

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कांग्रेस नेता चन्द्र भण्डारीले बताए। भण्डारीसँगै कांग्रेस नेता धनराज गुरुङ लगायतका नेताहरु जुत्ता पालिस गर्नमा व्यस्त थिए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...