नेकपा माओबादी कास्कीले जनयुद्द दिवस भब्य रुपले मनाउने |

राजनीति

नेकपा माओबादी कास्कीले जनयुद्द दिवस भब्य रुपले मनाउने |

फेब्रअरी १२ पोखरा :-नेकपा माओवादी केन्द्र कास्कीले २३ औँ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाउने भएको छ ।जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ गते विहान जिल्ला पार्टीको आयोजनामा पार्टी कार्यालय शिवालयचोकमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको पार्टी ईन्चार्ज राजकाजी गुरुङ''करण''ले जानकारी दिनुभयो |कार्यक्रममा सहभागिताको लागि राजनीतिकदलहरु, प्रशासनिक तथा सुरक्षा निकायहरु, उद्योगि व्यवसायी तथा विभिन्न संघ संगठनहरुलाई आमन्त्रण गरिएको छ ।

त्यस्तै ycl कास्कीको आयोजनामा दिउसो अन्तरक्रिया कार्यक्रम तथा साँझ महानगरका विभिन्न ठाउँहरुमा दीप प्रज्वलन गरिने जिल्ला पार्टी संयोजक वखानसिँह गुरुङ(आभाष)ले वताए ।माओवादी केन्द्रले यसवर्षको जनयुद्ध दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेअनुसार त्यसको तयारीका लागि विभिन्न जनवर्गिय संघ संगठनहरुलाई जिम्मेवारी प्रदान गरिएको वताईएको छ ।२०५२ साल फागुन १ गते माओवादीको नेतृत्वमा चलेको १० वर्षे जनयुद्धले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र तथा संघीयतालाई संस्थागत गरेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...