नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मञ्चमै स्थानीयका माग पुरा गर्ने प्रतिबद्द सहित हस्ताकक्षर गरे ।

राजनीति

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मञ्चमै स्थानीयका माग पुरा गर्ने प्रतिबद्द सहित हस्ताकक्षर गरे ।

नोवेम्बर १३ चितवन :- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेदवार प्रचण्डले मञ्चमै स्थानीयका मागमा हस्ताक्षर गर्दै नयाँ सरकार बन्ने वित्तिकै पूरा गर्नै प्रतिबद्धता जनाएका छन ।सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भरतपुर २३ को चुनावी अभियानमा थिए। नयाँ बस्तीका जनताले उनको भव्य स्वागत गरे।  त्यसपछि नयाँ बस्तीका एक युवाले खेलकूद, विद्यालय, सडक लगायतका विकासका माग राखेर प्रचण्डलाई ज्ञापनपत्र बुझाए। ज्ञापन पत्र बुझेर प्रचण्डले मञ्चमै ज्ञापन पत्रमा हस्ताक्षर गरे।

ज्ञापनपत्रमा हस्ताक्षरपछि स्थानीयलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म तपाईहरुलाई आश्वासन दिन आएको होइन, चितवनको मुहार फेर्न र देशको समृद्धिको नेतृत्व गर्न आएको हुँ। तपाईहरुका माग सार्वजनिक रुपमै हस्ताक्षर गरेको छु, नयाँ सरकार बन्नेबित्तिकै पहिला तपाईहरुको काम गर्छु, यो मेरो बाचा हो।’कार्यक्रममा राप्रपाका १७५ युवाले प्रचण्डको हातबाट टीका लगाए। ज्ञापन पत्र पेश गर्ने युवाले भने, ‘जनताकै अघि माग सम्बोधनको लिखित प्रतिवद्दता गर्नुहोला भन्ने सोचेका थिएनौं, हामी खुसीले गदगद छौं।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...