प्रधान मन्त्रीले चौथो पटक सरकार बिस्तार ,संघीय समाजबादी फोरमका २ मन्त्रि थपिए |

राजनीति

प्रधान मन्त्रीले चौथो पटक सरकार बिस्तार ,संघीय समाजबादी फोरमका २ मन्त्रि थपिए |
जुन १ काठमाडौँ :-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल चौथो पटक विस्तार गरेका छन्। शनिबार(आज ) संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता इस्तियाक राईले मन्त्रीको सपथ लिएका हुन्।यादव उपप्रधानसहित स्वास्थ्य र राईले शहरी विकास मन्त्रीकोे शपथ लिएका हुन् । उनीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिए। यादवले मन्त्रीमण्डल सदस्यहरुको वरीयतामा तेस्रो स्थान पाएका छन्। सरकारको उपप्रधानमन्त्रीमा अब यादव र रक्षामन्त्री ईश्वर पोखरेल रहनेछन्। भने नेकपाका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल बरियताक्रममा चाैथाे नम्बरमा परेका छन् ।यसअघि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहेका गोकुल बास्कोटाले भने फुल मन्त्रीको जिम्मेवारी पाएका छन्। यादवले सप्तरी २ बाट निर्वाचन जितेका थिए भने राई बाँके २ बाट विजयी भएका थिए।यसअघि परराष्ट्र मन्त्रालय दाबी गर्दै आएका यादवले अन्ततस् स्वास्थ्य मन्त्रालयमा चित्त बुझाएका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...