संसदीय दलको लागि नेपाली कांग्रेसको देउवा र पौडेलको पक्ष छुट्टा छुट्टै तयारि |

राजनीति

फेब्रअरी २३ काठमाडौँ :-कांग्रेसको संसदीय दलको नेताका लागि पार्टी सभापति शेरवहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तयारी शुरु गरेका छन् ।शनिबार बस्ने सांसदहरुको बैठकमा दलको नेता चयनको विषयमा पनि छलफल हुने भएपछि दुवै पक्षले दलको नेताका लागि तयारी थालेका हुन् । पार्टी सभापति देउवा आफै दलको नेताका लागि आकाँक्षी देखिनुभएको छ भने पौडेल पक्षबाट महामन्त्री सशांक कोइराला र नेता प्रकाशमान सिंह मध्ये एकजना हुने नेताहरुले बताएका छन् ।

पौडेल पक्षले महामन्त्री कोइरालालाई सर्वसम्मत दलको नेता बनाउने र चुनाव हुने अवस्था आए सिंहलाई अघि बढाउने तयारी गरेको छ ।पौडेल पक्षका नेताहरुले देउवाले पार्टी राम्रोसंग चलाउन नसकेको भन्दै उहाँको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । राष्ट्रियसभाका १३ र प्रतिनिधिसभाका ६३ गरी ७६ जना सांसद रहेको कांग्रेसमा देउवा पक्षका ४०, पौडेल पक्षका ३२ र नेता कृष्ण सिटौला पक्षका ४ जना सांसद छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...