नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको दिल्लीमा उपचारको क्रममा मृत्यु |

राजनीति

मार्च ३० काठमाडौँ :-नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ ।शुक्रबार साँझ सवा ५ बजे भारतको एपोलो अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको कांग्रेसले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित खड्काको केही समयदेखि एपोलो अस्पतालमा उपचार भइरहेको थियो ।

गत फागुन ४ गते राती हृदयघाट भएपछि नर्भिक हस्पतालमा उपचार गरेर फागुन ६ गते उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । खड्काको साढे २ वर्ष अघि सोही अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।खड्का २०४७ सालमा भौतिक योजना तथा यातायात मन्त्री भएका खड्का २०५४ सालमा गृहमन्त्री हुनु भएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...