विप्लव नेतृत्वले बैशाख २२ गते नेपाल बन्दको आव्हान ,सिमा मिचिंदा चुप बसेको आरोप |

राजनीति

विप्लव नेतृत्वले बैशाख २२ गते नेपाल बन्दको आव्हान ,सिमा मिचिंदा चुप बसेको आरोप |
मे ३ काठमाडौँ :- नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वले वैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ ।एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएको हो । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको जनाएको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“विचार राख्ने सभाजुलसु गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भष्ट्राचारी, कालोबजारी र राष्ट्रघातीहरुलाई संरक्षण गरिरहेको छ” । बन्द कार्यक्रमलाई सफल बनाइदिन पार्टीले सबैलाई आग्रह गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...