नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बिरुद्द गोबिन्द राज जोशीको उम्मेदवारी ।

राजनीति

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बिरुद्द गोबिन्द राज जोशीको उम्मेदवारी ।

नोवेम्बर २ तनहुँ :- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । नेता पौडलले तामझामसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले देशको शान्ति र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताए । कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसको नेतृत्वमै समृद्धिको अभियान भन्ने नारा लिएर चुनावी मैदानमा उत्रेको बताए । पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी मुलुकको तीव्र विकास गरी जनतालाई सुखी बनाउने दाबी गरे ।

तनहुँ र मुलुकको आर्थिक समृद्धि तथा विकास लागि आफूले उम्मेदवारी दिएको बताए । तनहुँ १ बाट २०४८ साल र तनहुँ २ बाट २०५१, २०५६, २०६४ र २०७० सालको निर्वाचनमा लगतार नेता पौडलले चुनाव जित्दै आएका छन् ।आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले टिकट नपाएपछि नेता पौडेलविरुद्ध शक्ति प्रर्दशन गरेर तनहुँ १ बाटै स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ बाट नेता जोशी २०४८ साल, २०५१, २०५४ सालमा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए भने २०६४ सालमा माओवादी केन्द्रका उम्मेदवार सुरेश आलेसँग पराजित भएका थिए ।

बाम गठनबन्धनबाट एमालेका कृष्णकुमार श्रेष्ठलाई साझा उम्मेदवारी बनाएको छ । २०७० सालको निर्वाचनमा श्रेष्ठ तनहुँ २ बाट वरिष्ठ नेता पौडेलसँग पराजित भएका थिए । बाम गठनबन्धनबाट साझा उम्मेदवारी दिएका कारण जित सुनिश्चित भएको श्रेष्ठले दाबी गरे ।निर्वाचन क्षेत्र नम्बर १ को क प्रदेशसभामा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई बाम गठनबन्धनबाट एमालेका रामबहादुर गुरुङ , ख प्रदेश सभामा कांग्रेसबाट रघुनाथ पौडेल र बाम गठबन्धनबाट माओवादी केन्द्रका हरिबहादुर चुमानले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...