उपमेयरमा नवनिर्वाचित लक्ष्य गुरुङ तमु धीं लन्डन इकाईद्वारा भव्य स्वागत र सम्मान ।

राजनीति    विदेश

उपमेयरमा नवनिर्वाचित लक्ष्य गुरुङ तमु धीं लन्डन  इकाईद्वारा भव्य स्वागत र सम्मान ।
मे २५ लण्डन :- लन्डन बरो अफ बार्नेटको गत मंगलवार २०१९ मे २१ तारिख बसेको वार्षिक काउन्सिल बैठक बाट काउन्सिलर लक्ष्यबहादुर गुरुङ उपमेयर पदमा निर्वाचित भए पछि तमु धीं लन्डन इकाईले एक कार्यक्रमका बीच भब्य स्वागत गरेको छ। शुक्रबार सांझा साउथ ह्यारो स्थित चौतारी रेस्टुरेन्टमा आयोजित एक समारोहमा तमु धी लण्डन इकाईका अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग र आमा समुहकी अध्यक्ष श्रीमती दिल माया गुरुङ्ग ,सोंपाल समाज युकेका अध्यक्ष युक्त गुरुङ लगायतले फेटा लगाई खादा र पुष्प गुच्छाले उपमेयर लक्ष्य गुरुङ तथा श्रीमती गुरुङलाई सम्मान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष बिष्णु गुरुङ ,नारायण गुरुङ ,प्रेम बहादुर गुरुङ,गम्बर सिङ्ग घले, हुम कुमारी गुरुङ, बिना गुरुङ लगायत संस्थाका कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष ,उपाध्यक्ष ,सल्लाहकार तथा आमा समुहका दिदिबहिनीहरुले विजयी गरुङ्गलाई स्वागत तथा सम्मान गरेका थिए। उक्त स्वागत कार्यक्रममा बोल्दै तमु धी लण्डन इकाईका महासचिब भरत गुरुंगले बेलायत जस्तो ठाउँमा नेपाली मुलका भूपू गोर्खा उपमेयर बन्नु नै गौरबमय भएको बताउनुका साथै आगामी दिनहरुको कार्यकाल सफल रहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।त्यसै गरि तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङ ‘डेबिड’ले शुभकामना सन्देश पठाउनु भएको थियो । उपमेयरमा निर्वा्चित गुरुङ तमु धी लण्डन इकाईले गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिंदै तमु धी लण्डन इकाईले गरेको सहयोग प्रति आफू निकै नै खुशी भएको बताएका थिए । निर्वाचित गुरुङ तमु धी लन्डन इकाइका सल्लाहकार तथा बार्नेट काउन्सिलको हेलवार्ड्को काउन्सिलर,बन्टओक नेपाली समाजका पुर्व अध्यक्ष,ताङ्तिङ समाज युकेका अध्यक्ष,क्वोने घोथाने घोण्डे गुरुङ परिवार युकेका सल्लाहकार एवं समाजसेवी हुन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...