विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित |

राजनीति

विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित |
असोज १० काठमाडौँ :-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको बन्दका कारण बुधबार रोल्पाको जनजिवन प्रभावित बनेको छ । पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई विना सर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण बिहानैदेखि रोल्पाबाट छुट्ने लामो तथा छोटोदूरीका सवारी साधन ठप्प रहेका छन् , बजार, शिक्षण संस्था र कलकारखाना पनि बन्द भएका छन् । दशैंका लागि बजारमा किनमेल गर्नेको चहलपहल बढीरहेको बेला बजार बन्द हुँदा जिल्लाका व्यापारी तथा सर्वसाधारण मर्कामा परेका छन् । यता स्थानीय प्रशासनले भने शान्ति सुरक्षामा असर पुग्ने गतिविध गरेकाले पक्राउ गरिएको बताएको छ । विद्यालयमा राजनीतिक सभा गरेकाले पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...