विकास समितीको बैठकमा सांसदहरुको कोरम नपुग्दा बैठक स्थगीत |

राजनीति

विकास समितीको बैठकमा सांसदहरुको कोरम नपुग्दा बैठक स्थगीत |
मंसिर ४ काठमाडौँ :-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बोलाइएको संसदको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।आज ११ बजेका लागि बोलाएको बैठकमा १२ बज्दासम्म बैठक सञ्चालन गर्न आवश्यक सदस्य संख्या नपुगेपछि स्थगित गरिएको हो । समिति सभापति कल्याणी खड्काले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइन् । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सदस्य छन् । राजपा अध्यक्ष मण्डलका दुई जना अध्यक्षहरु महेन्द्र राय यादव र अनिल झा पनि सदस्य छन्। तर शीर्ष नेताहरु समितिको बैठकमा अकलझुकल पुग्ने गरेका छन्। समितिकी सभापति कल्याणी खड्काका अनुसार समितिको बैठकमा कांग्रेस सभापति देउवा एक पटक पनि सहभागी भएका छैनन् । नेकपाका नेता खनाल एउटा बैठकमा मात्र सहभागी भए । औपचारिक रुपमा १२ पटक र आधा दर्जन अनौपचारिक बैठक बसिसकेको छ तर शीर्ष नेताहरुको उपस्थिति न्यून छ । समितिमा पदेन सदस्य बाहेक २७ जना सांसद रहने व्यवस्था छ। बैठकका लागि ५१ प्रतिशत सदस्य आवश्यक पर्ने भए पनि १४ जना पनि सहभागी नहुँदा आजको बैठक पनि स्थगित भएको हो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...