प्रदेश नम्बर ४ को प्रदेश भवन बैठकका लागि सजियो,सभासद र पाहुनालाई रातो कार्पेट बिच्छ्याए |

राजनीति

प्रदेश नम्बर ४ को प्रदेश भवन बैठकका लागि सजियो,सभासद र पाहुनालाई रातो कार्पेट बिच्छ्याए |

फेब्रअरी ४ काठमाडौँ :-प्रदेश नम्बर ४ को सदरमुकाम पोखराको नदिपुरमा प्रदेश सभा भवन तयार पारिएको छ ।प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठक सोमवार बस्दै छ । यसैकालागि रातो कारर्पेट बिच्छ्याएर पहिलो बैठकमा सहभागी प्रदेश सभासद र अतिथिहरुको स्वागतको तयारी गरिएको हो । रातारात गरी तयार गरिएको प्रदेश नं ४ को बैठक हुबहु संघीय संसद्को ढाँचामा तयार गरिएको छ। प्रदेशसभाका गतिविधि र कार्यसञ्चालनमा एकरुपता दिलाउन बैठक कक्षमा निलो कुर्सी, निलो कार्पेटले सजाइएको छ।

प्रदेशसभा बैठकको पूर्वाभ्यास स्वरूप आइतबार करिब १० मिनेट नमुना बैठक समेत गरिएको छ । नदीपुरस्थित नगरविकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो साँढे चार बजेदेखि चार बजेर ४० मिनेटको समयसम्म चलेको थियो। जेष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा आयोजित अभ्यासमा ५६ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए।पोखरामा सोमबार विहान ११ बजे प्रदेशसभाको पहिलो अधिवेशन बस्ने कार्यक्रम छ । प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सदस्यहरू छन्।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...